जसलाई विकिनी पोजले चर्चामा ल्यायो
मुम्बई । जब-जब नायिकाहरुको करियर धरमराउन थाल्छ, तब स्थापित भनिने हिरोइनहरु पनि समुद्रीकिनारमा पुगेर टुपिसमा आफ्नो देह देखाउन धक मान्दैनन् । बलिउडको भर्याङ चढ्न लालायित मोडलहरु निर्माता निर्देशकको आाखामा पर्ने सजिलो माध्यम पनि यही समुद्री किनारको बिकिनी पोज नै हो । समुद्री किनारमा देह प्रर्दशन गर्दा कतिको भाग्य चम्किएको छ भने कतिलाई यो औषधीले पटक्कै काम गरेन् । तै पनि हरेकजसो हिरोइनका यस्ता फोटो सार्वजनिक हुादा त्यसको समर्थन र बिरोधमा सामाजिक संजालमा स्वर उरालिन्छन् । समुद्री किनाराको सहारालाई लिएर भारतीय पत्रिका टाइम्स अफ इण्डियाले तयार पारेको यो सूची- अप्ठयारो लाग्दैन विपाशालाई दीपिका पादुकोणका समुन्द्री किनारका तस्बिर त्यति धेरै सार्वजनिक भएको छैन ।
परबीन, शर्मिला र जिनत पनि पुरानी अभिनेत्री परबिन भावीले हिन्दी फिल्म ये ‘नजिकिदिया’ बिकनीमा गरेको अभिनय अहिले पनि निकै चर्चित मानिन्छ । अभिनेत्री शर्मिल टेगोरले पनि पेरिसमा आयोजित एक कार्यक्रममा बिकनी प्रस्तुत गरेकी थिइन् । हिन्दी फिल्म ‘पुकार’मा अभिनेत्री जिनत अमान र अभिताभ बच्चनले समुन्दी किनारमा मस्ती गरेको अभिनय गरेका थिए । उक्त सिनको वारेमा निकै चर्चा भएको थियो । मल्लिकालाई बिकनीले उठायो समुन्द्री किनारमा बिकनीमा खिचिएको दृष्यकै कारण मल्लिका शेरावतको करिअर चम्किएको थियो । अहिले पनि उनिले समुद्री किनारमा छायाङकन गरिने दृष्यलाई पहिलो प्राथमिकता दिने गरेकी छिन् । हिन्दी फिल्म थ्री जी मा काम गर्नु अघि सोनाली चौहानले ५० भन्दा धेरैपटक बिकिनी लगाइन् । मिस वल्ड प्रतियोगितामा विकिनी क्याटवाकको चलन हटाएकोमा खुसी ब्यक्त गर्ने अभिनेत्री पि्रयंका चोपडाले दोस्तना र डन-२ विकनी लगाएर अभिनय गरेकी छिन् ।
