बेलायती युवराजलाई नाबालिगसँग यौन सम्पर्क राखेको आरोप




एजेन्सी ।



बेलायतकी महारानी एलिजावेथका छोरालाई नाबालिगसँग यौन सम्पर्क राखेको आरोप लागेको छ ।

यद्यपि, महारानीको कार्यालयले प्रिन्स एन्ड्रयूमाथि लागेको उक्त आरोप निराधार भन्दै बचाउ गरेको छ ।


अमेरिकाको एक अदालतमा यस आरोपसहितको दस्तावेजमा पेश गरिएपछि यो प्रकरण सार्वजनिक भएको हो ।प्रिन्स एन्ड्रयूका साथी मानिएका यौन अपराधका दोषी जैफ्रे एप्सटीनविरुद्ध पेस गरिएको कागजपत्रमा उनको नाम मुछिएको हो ।

अमेरिकाको फ्लोरिडास्थित अदालतमा एक महिलाले पेश गरेको दस्तावेजमा उनको नाम आएलगत्तै बकिंघम प्यालेसले अरोप निराधार भएको जनाएको हो ।आफू नाबालिग रहेको समय सन् १९९९ देखि २००२ को बीचमा एप्सटीनले प्रिन्ससँग यौन सम्बन्ध राख्न विवश पारेको दावी ती महिलाले गरेकी हुन् ।

तीन पटक तीन अलग स्थानमा प्रिन्ससँग सम्बन्ध राख्न बाध्य पारिएको आरोप तिनले लगाएकी छिन् । एक नाबालिगलाई वेश्यावृत्तिमा लगाएको भन्दै अमेरिकी व्यापारी एप्सटीनले सन् २०११ मा १८ महिना कैद बस्नु परेको थियो । सोही समयमा प्रिन्स एन्ड्रयूले एप्सटीन आफ्नो साथी रहेकामा दुःख व्यक्त गरेका थिए । प्रिन्स एन्ड्रयू महारानी र ड्यूक अफ एडिनबराका तेस्रा सन्तान हुन् ।

,

news and entertainment