केएल टावरको पाँचौ तल्लाबाट हाम्फालेर युवकले गरे आत्महत्या
काठमाडौं, पुस २५– राजधानीको चावहलि चुच्चेपाटीस्थित केएल टावरबाट हाम फालेर एक युवकले आत्महत्या गरेका छन् । गोंगबु बस्दै आएका ३३ वर्षीय विष्णु शेरचनले आज पाँचौ तल्लताबाट आम फालेर आत्महत्या गरेका हुन् । मुस्ताङ स्थायी घर भएका शेरचन हाम फालेर घाइते भएपछि नजिकैको ओम अस्पताल पुर्याइएको थियो ।
ओम अस्पतालले शिक्षण अस्पताल महाराजगञ्ज रेफर गर्यो तर शिक्षण अस्पताल पुर्याइसकेपछि त्यहाँका डाक्टरले मृत घोषित गरे । महानगरीय प्रहरी वृत गौशालाका डिएसपी राकेश सिंहले भने, ‘शेरचनले चावहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा मानसिक रोगको उपचार गराइरहेका थिए । उनी गोंगबुबाट उपचार गराउन चाबहिल गएका थिए । शेरचन के कारणले हाम फालेका हुन् भनेर सिसिटिभीमा हेर्दा उनी आफैं हाम फालेको देखिएको सिंहले भने, ‘विस्तृत अनुसन्धान भइरहेको छ ।
