मोदीको आदेशः गाइको मुत्रले कार्यालय सफा गर्नु
पुस, एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनौठो निर्णय गराएका छन् । मोदी नेतृत्वको हिन्दुवादी भाजपा सरकारले अव देशका कार्यालयमा फिनाइलको सट्टामा सरसफाइका लागि गोनाइल अर्थात गौ मुत्र (गाइको पिसाव) प्रयोग गर्नु पर्ने निर्णय गराएको हो ।
भारतको एक अंग्रेजी दैनिकका अनुसार केन्द्र सरकारले अव कार्यालय सफा राख्नका लागि गोनाइल नामको पदार्थ बनाइने छ जसमा प्राकृतिक बस्तु एवं गौ मुत्र हुनेछ ।
यसलाई सुगन्धित समेत बनाइने सरकारी अधिकारीहरुले जनाएका छन् । यसो गर्दा हानिकारक रसायनबाट मुक्ति मिल्ने र गाइ पालक किसानलाई फाइदा हुने सरकारको अपेक्षा छ ।
