न्यायाधीश बमको हत्याका योजनाकार बाबु थापा सहित ५ पक्राउ
हत्या भएको ३ बर्ष पछि सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यारा प्रक्राउ परेका छन् । बमको हत्यामा सम्लग्न ५ जनालाई आज प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । हत्याको मुख्य योजनाकारमा चुरे भावर पार्टीका नेता बाबु थापा रहेको प्रहरीले जनाएको छ ।
अघिल्लो संविधानसभा चुनाब पछि राष्ट्रिय चुरेभावर पार्टीमा विवाद भएपछि थापाले पार्टी फुटाएर नयाँ गठन गरेका थिए । पछि पार्टी आधिकारिकताको प्रश्न उठेपछि अदालतमा रहेको मुद्धामा केशव प्रसाद मैनालि पक्षलाई आधिकारिक भएको फैसला न्यायधिस बमले गरेपछि चित्त नबुझेर हत्या गरेको थापाले स्वीकार गरेका छन् ।
थापाले आफु बिरुद्ध फैसला गरेपछि निकै लामो तयारी पछि बमको हत्या गरेको स्वीकार गरेका हुन् । प्रहरीले बाबु सहित भगवान थापा, शिबकुमार चौधरी, प्रेमराज खड्का र सञ्जय ईस्माली मगरलाई प्रक्राउ गरि सार्वजनिक गरेको छ । बमको २०६७ साल जेठ १८ गते ललितपुरको बंगलामुखि मन्दिरबाट फर्कदै गर्दा युएन पार्क नजिकै गोली हानी हत्या भएको थियो ।
गोली प्रहारबाट घाईते बमको नर्भिक अस्पताल थापाथलीमा उपचारका क्रममा मृत्यु भएको हो । बाहालवाला न्यायाधिशकै हत्या हुदा पनि प्रहरी प्रसासनले हत्यारा सार्वजनिक गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेको थियो ।
