January 5, 2015
नेपाल सन्देशसंवाददाता, काठमाडौं । यतीबेला संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको ‘कालकुट विष’ प्रकरणले नेपाली राजनीति तालीएको छ । सभाध्यक्षको कालकुट विष पिउने धम्कीका कारण राजनीति तरंगीत मात्र होइन ध्रुविकृत पनि भैरहेको छ ।
संविधानसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस पनि यहि प्रकरणलाई लिएर विभाजित बनेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला दलहरुले सहमति गर्न नसके सभाध्यक्षलाइृ नै मस्यौदा ल्याउन दिने पक्षमा देखिएका छन् भने बरिष्ठ नेता शेरबहादुर देउवा लगायतका नेताहरुले यस्तो गर्दा विचार पुर्याएर गर्नुपर्ने बताइरहेका छन् ।
सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलसिँग प्रधानमन्त्रीको लवज मिलेको छ । तर, संविधानसभाको मस्यौदा समितिका सभापति एवं कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला सभाध्यक्षको यस्तो भनाइबाट रुष्ट मात्रै बनेका छैनन्, पार्टी सभापति नै आफ्नो भुमिका सिध्याउन लागिपरेको भन्दै मुर्मुरिएका छन् ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पधादिकारी बैठकमा उनले आफ्नै पार्टीका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई यस्तो खेलमा नलाग्न धम्की दिएका छन् ।
उनले प्रधानमन्त्री कोइरालालाई प्रश्न गरे–‘सभाध्यक्षले मस्यौदा ल्याउने भए किन मलाई किन मस्यौदा समितिको सभापति बनाएको ?’ प्रधानमन्त्रीले पनि सिटौलालाई बढी नबोल्न चेतावनी दिएको बालुवाटार स्रोतले बतायो । कांग्रेस पदाधिकारी बैटकमा सिटौलाले एमाओवादी मोर्चाको मागलाई पनि सम्बोधन गर्नेगरि सहमति बनाउनुपर्नेमा जोड दिएका थिए ।
उनले सहमति भए आफुले हप्ता दिन भित्रै मस्यौदा तयार पार्ने बताएका थिए ।
प्रधानमन्त्री कोइरालाले आफु त्यसमा लागिपरेको जवाफ फर्काएका थिए । पछिल्लो राजनीतिक परिस्थितिका बारेमा धारण बनाउन बसेको कांग्रेस पदाधिकारी बैठकले कुनै निर्णय भने गर्न सकेको छैन । अधिकतम लचकता अपनाएर आज दिनभरमा सहमति कायम गर्ने तयारी भने कांग्रेसको छ ।
