फेसबुक एकदिनका लागि बन्द हुन सक्ने


एजेन्सी ।

पछिल्लो समयमा सामाजिक सञ्जाल फेसबुकमा ब्यापक परिवर्तन आइरहेको छ । फेसबुकले नयाँ वर्ष २०१५ मा अझै धेरै परिवर्तन गर्दैछ ।

सन् २०१५ को शुरुवात देखि नै फेसबुकले आफ्नो पलिसी र प्राइभेसी झनै मजबुत बनाउँदै लगेको छ । फेसबुकले इमेल र नोटिफिकेसनबाट यस्ता परिवर्तनबारे निरन्तर दिइरहेको छ ।



फेसबुकले आफ्नो डाटा नीति, कुकीज पलिसी र शर्तलाई बलियो बनाउँदै लगेको भने चलाउनका लागि सजिलो होस् भनेर अन्य परिवर्तन पनि गरिरहेको छ ।

यसै क्रममा फेसबुकले यसमा गर्नु पर्ने परिवर्तनबारे आफ्ना प्रयोगकर्तासँग सुझाव मागिरहेको छ । यस्तो सुझाव दिने क्रममा प्रयोगकर्ताले विभिन्न खाले धारणा राखेका छन् ।

त्यस्तै फेसबुकले गरिरहेको नयाँ परिवर्तनका क्रममा फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई प्रयोगकर्ताहरुले नयाँ नयाँ सुझाव दिएका छन् । जसमा कतिपय युजरले त फेसबुकको विषयमा आफ्ना धारणा सार्वजनिक रुपमा समेत राखेका छन् ।



यस्तै सुझाव मध्ये सबै भन्दा बढि आएको सुझाव मध्ये प्रयोगकर्ताहरुले फेसबुकलाई २४ घण्टा सम्म बन्द गर्न सुझाव दिएका छन् ।

फेसबुकका प्रयोगकर्ता एन्थोनी फोर्गुसन नामका पुरुषले वर्षमा एक दिन फेसबुक कम्तिमा २४ घण्टाका लागि बन्द राख्न सुझाव दिएका छन् । यसो गर्दा फेसबुक छोडेर मानिसहरु वास्विक जीवनमै भेटघाट गर्न सक्ने उनको भनाइ छ ।

news and entertainment