एप्पल, सामसङलाई टक्कर दिँदै एल्काटेलको स्मार्टवाच




स्मार्टफोन बनाउने फिनिस कम्पनी एल्काटेल वन टच अब स्मार्टफोन मार्केटमा निकै सशक्त हुने दाबी गरिएको छ । कम्पनीले आफ्नो थुप्रै नयाँ ग्याजेट्स सीइएस २०१५ को क्रममा सार्वजनिक गर्ने बताउँदै उक्त कार्यक्रमको आकर्षणको केन्द्र स्मार्टवाच हुने दाबी गरेको छ ।


सूत्रका अनुसार एल्काटेलको यो स्मार्टवाच एप्पल, सामसङ, मोटोरोल तथा सोनीजस्ता कम्पनीहरुको स्मार्टवाचभन्दा निकै धेरै सस्तो हुनुका साथै निकै सानदार सुविधाहरु राखिएका छन् ।

आफ्नो यो उत्पादनलाई एल्काटेलले स्मार्टवाच नभई वाच मात्र नामांकरण गरेको छ । यो एन्ड्रोइड स्मार्टफोनद्वारा कनेक्ट हुनेछ जसमा थुप्रै सुविधा, युजुअल सेन्सर तथा कन्ट्रोल बटन हुने बताइएको छ । यसमा प्रयोगकर्ताको दैनिक क्रियाकलापमा निगरानी, स्मार्टफोन क्यामरालाई नियन्त्रित गर्ने रिमोट शटर बटन, फोनमा आउने म्यासेज र एप्लिकेसनको नोटिफिकेसन तथा मुटुको धड्कनजस्ता सुविधाहरु दिइएको छ । यो वाच हेर्दा मोटोरोल मोटो ३६० जस्तो देखिनेछ । यद्यपी यसको मूल्य सार्वजनिक गर्ने बेलामा नै तय गरिने बताइएको छ ।


news and entertainment