दिसाबाट बनाइएको पानी पिए विल गेट्सले


पुस : विल गेट्सले मानिसको दिसाबाट बनाइएको पानी पिएका छन् । गेट्सले मानिसको दिसाबाट स्वच्छ र पिउन योग्य पानी प्रशोधन गर्ने प्रविधिको प्रदर्शनीको क्रममा एक गिलास पानी पिएका हुन् ।मानिसको दिसाबाट प्रशोधन गरिएको स्वच्छ पानी पिएपछि विल गेट्सले यो प्रविधिले विकासशील मुलुकहरुमा स्वच्छ पानीको अभाव कम गर्न सकिने बताउनुभयो । माइक्रोसफ्टका संस्थापक गेट्सले मानिसको दिसाबाट स्वच्छ पानी बनाउने यो प्रविधि परीक्षण पछि यही वर्ष विश्वभर पठाउन चाहेको बताउनुभयो ।

माइक्रोसफ्टको यो परियोजनाको वाटर एडले स्वागत गरेको छ । यो प्रविधि विशेष गरी शहरी क्षेत्रमा उपयोगी हुने वाटर एडले बताएको छ । अहिले विश्वमा ७४ करोड ८० लाख भन्दा बढी मानिसले स्वच्छ पानी पिउन नपाएको तथ्यांक छ ।विल गेट्सले आफ्नो ब्लगमा मानिसको दिसाबाट बनेको पानी पिउनुभन्दा अगाडि पानी कसरी प्रशोधन गरिएको छ भन्ने निरीक्षण गरेको भिडियो पोस्ट गरेका छन् ।एजेन्सी

,

news and entertainment