शारीरिक सम्बन्ध बारे सोंच्दा यस्ता फाइदा



एजेन्सी ।


नियमित शारीरिक सम्बन्ध मात्र होइन यसबारेमा सोंच्नु समेत फाइदाजनक रहेको एक अध्यनले देखाएको छ । दिमागमा सेक्स सम्बन्धि विचार आइरहनु स्वास्थ्यका लागि राम्रो हुने यो अध्यनको दावी छ ।

डेलीमेलमा प्रकाशित एक अध्यनका अनुसार सेक्स सम्बन्धि विचारले दिमागलाई तेज बनाउने र स्मरण शक्ति पनि बढाइदिन्छ ।




दिमागमा आउने सेक्स सम्बन्धि विचारले कल्पनाशिलता पनि बढ्छ र भावना सक्रिय हुने हुँदा लामो समय सम्म सम्झिन समेत सहायक हुने शोधकर्ताको दावी छ ।



सेक्सको बिचारले दिमागलाई सक्रिय राख्ने कुनै नयाँ कुरा नभएको भन्दै शोधकर्ताहरुले पुराना पुराना सभ्यतामा पनि यस्तो कुरा स्वीकार गरिएको दावी समेत गरेका छन्

news and entertainment