उत्तर कोरियाले अमेरिकालाई दियो आगो लाग्ने चेतावनी









उत्तर कोरियाले अमेरिकाले आफूमाथि लगाएका नयाँ नाकाबन्दीप्रति क्रुद्ध प्रतिक्रिया जनाएको छ । सोनी पिक्चरमा उत्तर कोरियाले साइवर आक्रमण गरेको भन्दै अमेरिकाले नाकाबन्दी गरेपछि उत्तर कोरिया रिसाएको हो ।


अमेरिकाको पछिल्लो नीतिलाई उत्तर कोरियाले शत्रुतापूर्ण र इल्फ्लामेटरी अर्थात आगो लगाउन सक्ने खालको भनेको छ । अमेरिकाले हालै मात्र उत्तर कोरियाली केही संगठन र १० ब्यक्तिविरुद्ध नाकाबन्दी गरेको छ ।


हालै मात्र रिलिज भएको उत्तर कोरियाली नेता किम जोङ उनको विषयमा आधारित चलचित्र 'इन्टरभ्यू' बनाउने कम्पनी सोनी पिक्चर्समाथि साइवर आक्रमण भएपछि दुई देशबीच तनाव चुलिएको छ ।



उत्तर कोरियाले सोनी पिक्चर्समाथि भएको साइवर आक्रमणको प्रशंसा गरेपनि त्यसमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

news and entertainment