प्रचण्डले भने, ‘ रगतको खोलो बगाउन तयार हुनोस्’

January 6, 2015
काठमाडौं । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ काँग्रेस– एमाले बलमिच्याइँका साथ जर्बजस्ती संविधान लेख्ने अभियानमा लागेकाले संविधानसभा र सडकको दुवै मोर्चामा त्यसको सशक्त प्रतिरोध गर्नुपर्ने बताएका छन् ।
उनले सत्तारुढ दलको प्रतिरोधका लागि आवश्यक परे रगतको खोलो बगाउन पनि तयार रहन गठबन्धन दलका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको विपक्षी ३० दलीय गठबन्धनको बैठकमा निकै आक्रामक रुपमा प्रस्तुत हुँदै प्रचण्डले सो निर्देशन दिएका हुन् ।
उनले संविधानसभा बाहिरैबाट सत्तारुढ दलले संविधानको मस्यौदा तयार पारी सकेको र दुईतिहाईको बलमा पारित गर्ने खेल भइरहेको आरोपसमेत लगाए ।
आजको राजधानीमा समाचार छ ।

news and entertainment