लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश


January 6, 2015
काठमाडौं । लिभरपुल एफए कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ ।
विम्बल्डन क्लबलाई २–१ ले पराजित गर्दै लिभरपुल चौथो चरणमा पुगेको हो । लिभरपुलको जितमा कप्तान स्टेभन जेरार्डले दुवै गोल गरेका थिए भने विम्बल्डनका लागि एडबायोले एक गोल फर्काएका थिए ।
लिभरपुल छाड्ने घोषणा गरे.पछिको पहिलो खेलमै उनले दुई गोल गरेका हुन् । सोमबारराति नै भएको अर्को खेलमा टोटनहम भने बर्नलीसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
अब उसले दोस्रो चरण प्रवेशका लागि फेरि प्रतिस्पर्धा गर्नुपर्नेछ । चेल्सी, आर्सनल, म्यान्चेस्टर सिटी लगायतका ठूला दलहरु भने यसअघि नै चौथो चरणमा पुगिसकेका छन् ।


news and entertainment