बेइजिङ, चीनमा एक जना व्यापारी शी पेटलाइ यहाँको एक अदालतले बाघको मासु खाएको आरोपमा १३ बर्षको जेल सजायँ सुनाएको छ ।
शी ले १५ जना मानिसहरूलाइ उनीहरू बाघको मासुका टुक्राहरू लिएर नानिङ स्थित उनको होटल पुग्नका लागी भनेका थिए । त्यसपछि उनले बाघको मासुसंग आफ्ना साथीहरूसंग भोज गरेका थिए । अचम्मको कुरा त शी पेटले बाघको लिङ्ग खाने र रगत पिउँने इच्छा गरेका थिए । शी लाइ बाघको हडि्डहरू, त्यसको पंजाको हडि्डलाइ पोलेर खाने शोख थियो । उनी बाघको लिङ्गलाइ जम्मा गर्दथे र प्रायजसो त्यसको मासु र रक्सी जस्तै गरि बाघको रगत पिउने गर्दथे । यस्ता भोजहरू उनी प्रायजसो आफ्ना साथीहरूका साथमा गर्दथे । शी ले प्रहरीलाइ बताए अनुसार उनले बाघको मासुका लागी ४.४० लाख युआन रकम भुक्तानी गरेका थिए ।
किनझाऊ सिटी इन्टरमीडिएट कोर्टमा जांचकर्ताहरूले बताए अनुसार उनले बाघको मासु ल्याउनका लागी शिकारीहरूलाइ अर्डर दिएका थिए । उनले बाघलाइ इलेक्ट्रिक शकबाट मारेको पनि हेरेका थिए । अन्य २ वटा बाघहरू पनि यस्तै गरि सन २०१३ को २१ अप्रिल देखि २० मे सम्म मारिएको थियो । एक ग्रुपले यस पुरा मामलालाइ मोबाइलमा कैद गरेका थिए । जुन पछि प्रमाणका रूपमा अदालतमा पेश गरिएको थियो ।
प्रहरीले शी को घरमा छापा मार्दा उनको फ्रिजबाट जनाबारहरूको मासुका आठ वटा ठुला टुक्रा र हड्डीहरू फेला पारेका थिए । कोर्टमा वकीलले दावी गरे अनुसार शी ले अहिले सम्म गैरकानूनी रूपबाट १० वटा बाघहरू मारेका छन । स्मरणीय छ, चीनमा बाघको मासुको निकै ठुलो माग छ । चिनीयाँ मेडिसिनमा पनि यसको ठुलो मात्रामा प्रयोग गरिन्छ । केही मानिसहरू सेक्स पावर बढाउनका लागी भन्दै बाघको मासु खाने गर्दछन
बाघको मासु खाने र रगत पिउने व्यापारीलाइ १३ बर्षको सजायँ
news and entertainment
