विहे गर्न केटी ठिक पारेपछि पार्टीले नगर भन्यो
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व.नरबहादुर कर्माचार्यले विवाह गर्न माग गर्दा पनि पार्टीले नै विवाह गर्न नदिएको खुलासा भएको छ । विवाहको लागि केटी समेत ठिक्क पारेर नेता कर्माचार्यले पार्टीमा दिएको निवेदन अस्वीकृत भएपछि विवाद रोकिएको थियो ।
फाइल तस्विरः स्व नेता नरवहादुर कर्माचार्यलाई श्रद्धाञ्जली दिँदै नेताहरु ।
नेपाली हेडलाइन्ससँग कुराकानी गर्दै एमाओवादीका नेता विश्वभक्त दुलाल ‘आहुति'ले पार्टीमा विवाह गर्नको लागि निवेदन हाल्दा नरबहादुर कर्माचार्यले विवाह गर्न नपाएको बताए । उनले भने, केटी खोजेर विवाह गर्न ठिक्क पार्दा पार्टी सदस्य होइन भनेर रोकिदिए पार्टीमा यस्ता अपराधीहरु पनि छन ।’ उनले अब विवाह गरेर पार्टीलाई जानकारी मात्र दिने गरी कार्यक्रम बनाउनुपर्नेमा जोड दिदै निवेदन हाल्न कसैलाई रिस उठ्यो भने विवाह नै नगर्ने त भन्ने प्रश्न गरे ।
स्व नेता नरवहादुर कर्माचार्य
कम्युनिष्ट पार्टीको संस्थापन कर्माचार्यलाई पार्टीले २०१५ सालमा पार्टीले स्थानीय चुनावमा उठाएर मेयर जितेका थिए । कम्युनिष्ट पार्टी र राजनीति भन्दा अरु नसोचेका कर्माचार्यलाई आफन्त पर्ने दिदीले केटी खोलेर ठिक्क पारेकी थिइन ।
दिदीले खोजेर ल्याएको केटीलाई कर्माचार्यले पनि मन पराउँदै विवाह गर्ने निर्णय लिएका थिए । ललितपुरमा त्यतिखेरका नेतृत्वलाई विवाहको वारेमा जानकारी गराउँदा विवाह गर्ने महिला पार्टी सदस्य नभएको कारण विवाह हुनबाट रोकेका थिए । विवाह गर्न हुँदैन भन्नेहरुले नै पार्टी सदस्य विवाह नगरेको चर्चा छ ।
