प्रचण्डले यसरी धम्की दिए सभामुखलाई




ओएस नेपाल, काठमाडौँ २९ पुस । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाका  सभामुख सुवास नेम्वाङलाई टेलिफोन गरेर धम्की दिएका छन् ।



प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी मंगलबारका लागि गरेको बन्द आव्हानको समयमा संविधानसभाको बैठक नराख्न प्रचण्डले सभामुखलाई टेलिफोनमार्फत धम्की दिएका हुन् । प्रचण्डले मंगलबार बिहान सभामुख नेम्वाङलाई फोन गरी आफूहरुले घोषणा गरेको बन्दका कारण संविधानसभाको बैठकमा सहभागी हुन नसक्ने भन्दै बैठक स्थगित गर्न दबाबपूर्ण भाषा प्रयोग गरेका थिए ।


प्रचण्डले सभामुखलाई फोन गरेर धम्कीपूर्ण शैलीले संविधासभाको बैठक नराख्न दबाब दिएका हुन् । मंगलबार पूर्व प्रधामन्त्री एवम् संवैधानिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले तयार पारेको पेस गर्नका लागि संविधानसभाको बैठक बिहान एघार बजेको लागि बोलाइएको थियो ।

बन्दका कारण निर्धारित समायमा सबै सभासद उपस्थित नहुँदा सँगै एकीृकत माओवादी लगायत अन्दोलनकारी दलका सभासद उपस्थित नहुँदा बैठक ढिलो सुरु भएको थियो ।

संविधानसभाको बैठकमा पेश गर्नुपर्ने प्रतिवेदन बाबुरामले सभामुखलाई बुझाएका छन् ।

दलहरुका बीचमा सहमतिका लागि पटक पटक भएका छलफलबाट समेत सहमति हुन नसकेपछि संवाद समितिका सभापति डा भट्टराईले विवादको विवरणसहितको पुरानै प्रतिवेदन संविधानसभामा अध्यक्ष नेम्वाङलाई बुझाएका हुन् ।

,

news and entertainment