माघ ८ पछि केपी ओली प्रधानमन्त्रीः भट्टराई




२१ पुस,काठमाडौ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले माघ ८ गतेपछि अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने बताएका छन् । कांग्रेस–एमालेबीच सहमति अनुसार माघ ८ पछि ओली प्रधानमन्त्री दावी गरेका हुन् ।




माघ ८ गते अघि पछि नगरी संविधान जारी हुने दावी गर्दै सहमति हुन नसके प्रक्रियाबाट संविधान जारी भन्दै उनले भने,‘माघ ८ गते सहमति सहित संविधान जारी गर्ने पक्षमा हामी छौं, तर सहमति भएन भने पनि अब प्रक्रियाबाट संविधान जारी गरिन्छ त्यसमा दुई मत छैन ।’



सभामुखको प्रस्तावलाई गलत रुपमा नबुझ्न समेत आग्रह गरेका सचिव भट्टराईले सभामुखको फास्ट ट्रयाकबाट संविधान ल्याउन गरेको प्रस्ताव मुलुकलाई संविधान दिने असल नियतले आएको दावी गरे । ‘हामी अहिले माघ ८ भित्रै कसरी संविधान ल्याउने भन्ने विषयमा सक्रिय छौं ,भट्टराईले भने–‘सहमति नभए संविधान सभा अध्यक्ष सुवास नेम्वाङ्गले ल्याउने मस्यौदामा एमालेको समर्थन हुन्छ ।’

नेपाली काँग्रेसका नेता दिपकुमार उपाध्यायले अब माघ ८ गते कुनै पनि हालतमा संविधान जारी हुन नसक्ने भन्दै मस्यौदा जारी गरेर जेठ १५ गते संविधान जारी गर्नु पर्ने बताएका छन ।


रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता दिपकुमार उपाध्यायले अब माघ ८ गते संविधान जारी हुन सक्ने अवस्था नभएकोले सो मितिमा मस्यौदा जारी गरेर जेठ १५ मा संविधान जारी गर्न सकिने गरी सहमति गर्न सकिने बताए ।


उनले दलहरुवीच शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा सहमति हुन लागेकोले अब संघीयताको सिमाङकनमा मात्र विवाद भएकोले माघ ८ सम्ममा मस्यौदा भने जारी हुन सक्ने विश्वास ब्यक्त गरे ।

सहमतिको लागि एमाओवादी नेतृत्वको मोर्चाले ल्याएको १० प्रदेश सकारात्मक भएको भन्दै यसले सहमतिको लागि मद्दत गर्ने बताए । उनले भने–‘यो प्रस्ताव सकारात्मक छ । यसले सहमतिको बातावरण निर्माण गर्छ । हामी यसमा बसेर छलफल गर्न तयार छों ।’


एकीकृत नेकपा माओवादीका नेता खिमलाल देबकोटाले संविधानसभा अध्यक्षको प्रस्ताव ग्राईण्ड डिजाईन अन्र्तगत आएको भन्दै अध्यक्षको अध्याँरो कार्यकक्षमा संविधानको मस्यौदा तयार भईसकेकोले त्यसलाई सेना र मार्सल लगाएर जारी गर्ने तयार भईरहेको सूचना आफूले पाएको बताए ।

माघ ८ गते जसरी पनि संविधान जारी गर्ने तयारी केपी ओलीको प्रधानमन्त्री र सुशील कोइरालको राष्ट्रपति बस्ने हुटहुटी भएको आरोप लगाउँदै प्रचण्ड र बाबुराम भट्टराई जसरी पनि प्रक्रियाबाट संविधान जारी हुन नदिने पक्षमा रहेकोले संविधानभित्र र बाहिर दुबैमा भिडन्त हुने चेतावनी दिए ।

news and entertainment