सन् २०२० मै कम्प्युटर डाटाका लागि ठाउँ नपुग्ने वैज्ञानिकको चेतावनी !!!
अबको ६ वर्षमै कम्प्युटर बेकामे हुने जोखिम बढेको छ । सन् २०२० मै विश्वमा कम्प्युटर डाटाका लागि ठाउँ अभाव हुने एक डाटा स्टोरेज कम्पनीले चेतावनी दिएको छ ।
आसन्न कम्प्युटर डाटा संकटलाई ‘डाटा क्षमता अन्तर’ को संज्ञा दिँदै उनले अघिल्लो वर्ष साढे ३ जेटाबाइट डाटा उत्पादन भएको र सन् २०२० सम्ममा त्यो वाषिर्क ४४ डेटाबाइटले बढ्ने बताए । एक जेटाबाइट भनेको ३२ जिबी क्षमताका ३४ अर्ब ३५ करोड ९७ लाख ३८ हजार ३ सय ६८ वटा स्मार्टफोनको स्टोरेज क्षमता बराबर हो । डाटा स्टोरेज संकटका लागि हार्ड ड्राइभ उत्पादनकर्तालाई दोषी देखाउँदै उनले कम स्पेशमा बढि डाटा संचय गर्नसक्ने क्षमताका प्रडक्ट उत्पादनमा ध्यान नदिइएको बताए ।
साथै उनले स्पेस वृद्धि गर्ने प्रविधिको विकाश गर्नका लागि सि गेटले हिट एसिस्टेड म्याग्नेटिक रेकर्डिङ एचएएमआर प्रविधिको परीक्षण गर्न लागेको जानकारी समेत थिए । यो प्रविधि अनुसार स्टोरेज डिभाइसलाई लेजरको सहायताले तताएर त्यसमा चुम्बकीय रुपमा डाटा संचय गरिन्छ । अहिलेका स्टोरेज डिभाइसमा प्रतिइन्च केही सय गिगाबाइट क्षमता रहेकोमा यो प्रविधिको प्रयोगबाट ५० टेराबाइट स्टोरेज क्षमता पूराउन सकिने बताइएको छ ।
एजेन्सी
