१५ वर्षपछी संसार रोबोटको कब्जामाःगुगलका वैज्ञानिक
अब यो संसारमा मानिसले शासन गर्ने मात्र १५ वर्ष बाँकी छ। त्यसपछि यो पृथ्वीमा रोबटको दबदबा हुनेछ। यो कुनै फिल्मको कहानी होइन्, यो यस्ता एक वैज्ञानिकको दाबा हो जसको भविष्यवाणी अहिले सम्म सही सावित भएका छन्।
गुगलका इंजिनियरिङ डायरेक्टर रे कुर्जवेलका अनुसार सन २०२९ सम्म कम्युटर मानिसका सवै भाषा र बडी ल्याङगवेज बुझ्ने भइसक्दछ। कम्युटरले मानिसहरुको अनुभवबाट आफै पनि सिक्न सुरु गर्नेछ र संसारको सवै भन्दा दिमाग भएको बुद्धिमान बन्नेछ।
६६ वर्षिय कुर्जवेल आर्टिफिसियल इन्टेलिजेन्सका विद्धान र भविष्यवक्ता हुन्।
उनले यसअघि गरेका भविष्यवाणी सही सावित भएका छन्।
कुर्जवेलले सन १९९० मा १९९८ सम्म कम्युटरले चेसमा मानिसलाई हराउने भविष्यवाणी गरेका थिए। सन १९९७ मा आइबिएमको डीप ब्लुले ग्यारी कास्पारोभलाई हराइदिएपछि उनको भविष्णवाणी सहि सावित भयो।
इन्टरनेटको राम्रो विकास नभइसक्दा उनले एक दिन संसारनै इन्टरनेट बाट जोडिने भविष्वाणी गरेका थिए।
एक पत्रिकाका अन्तर्वाता दिँदै कुर्जीवेलले १५ वर्षमा संसारको रोबटको हातमा जाने बताएका हुन्। उनले आफ्नो अनुमान केही हलिउड चलचित्र र हाई प्रोफाइल एआई डिभेलपमेन्टसमा देखाईसकिएको बताए।
कुर्जवालले फ्लेटबेड स्क्यानर, टेक्स्ट टु स्पिच सिनथेसिस, स्पिच रिकग्निसन जस्ता प्रविधी पत्ता लगाई सकेका छन्। उनी थ्योरी अफ सिंगुलारिटीका लागि चर्चित छन् ।
