श्रीलंकाको उड्ने सर्प भारत प्रवेश गर्यो







(एजेन्सी) भारत । श्रीलंकामा पाइने उड्ने सर्प भारत प्रवेस गरेको छ । भारतको आन्ध्र प्रदेशस्थित सेसाचलम जंगलमा पहिलो पटक यस्तो खालको सर्प देखा परेको बन अधिकारीहरुले जनाएका छन् ।


अनुसंधानकर्ताहरुको अनुसार क्रिसोपेलिया प्रजातिका ति सर्प श्रीलंका पछी भारतमा पहिलो पटक देखा परेको हो । श्रीलंकाको निचले शुष्क क्षेत्र र मध्यम जलवायु भएको क्षेत्रमा पाईने उक्त सर्प भारतको चित्तूर जिल्लाको सेसाचलम जैवमंडल रिजर्वमा पाइएको हो ।

भारतको तिरुमालादेखि २५ किलोमीटर टाढा घना वनक्षेत्र चालमामा लगभग एक वर्ष पहिले देखा परेको यो सर्प कयौं परिक्षण पछी श्रीलंकाबाट भारत प्रवेश गरेको पुष्टि भएको छ ।

यो सर्प झण्डै तीन फिट लामो हुन्छ । उड्ने सर्प 'गोमन' सर्पभन्दा दसौँ गुणा विषालु हुने गर्दछ उड्ने सर्प जब भोकाउँछ, त्यतिखेर एकदम आक्रामक हुन्छ । त्यसपछि शिकार खोज्ने क्रममा ग्लाइण्डर उडेझैं आकाशमा उड्न थाल्दछ। आकाशमा यसरी उड्दा पनि यो सर्पमा आफ्नो मुखमा आहार च्याप्न सक्ने अति अचम्मको क्षमता हुन्छ । हावामा उड्न सक्ने यस प्रकारको सर्पको पखेटा नभए पनि चरा उडेझैं उड्न सक्दछ ।

एजेन्सी


news and entertainment