प्रचण्डलाई राष्ट्रपति बनाउन काँग्रेस तयार

बागलुङ, २२ पुस- काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले तोकिएकै मिति माघ ८ मा संविधान जारी गर्न तयार भए एमाओवादी अध्यक्ष प्रचण्डलाई राष्ट्रपति दिन तयार रहेको बताएका छन् ।
प्रेस युनियन बागलुङले मंगलबार गरेको पत्रकार भेटघाटमा प्रवक्ता बडुले लेनदेनमा संविधान जारी गर्न तयार भए प्रचण्डलाई राष्ट्रपति बनाउन आपत्ति नरहेको बताएका हुन् ।

काँग्रसले सत्ताभन्दा संविधानलाई प्राथमिकतामा राखेको र एमाओवादीलाई सत्ता चाहिएको भए सत्ता सुम्पन आपत्ति नरहेको उनको भनाइ थियो ।
अर्को एक फरक प्रसंगमा उनले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले छलफलका लागि अघि सारेको नौ बुँदे प्रस्तावको स्वागत गरे ।
कार्यतालिका संशोधन गरेरै भए पनि माघ ८ मा संविधान ल्याउने दाबी उनको छ ।

,

news and entertainment