प्लस टुमा ११४ जना नक्कली विद्यार्थी, एसएलसीमा सात विषय लागेका पनि पढ्दै
काठमाडाैं, २३ पुस ।
एसएलसीको नक्कली प्रमाणपत्र बनाएर प्लस टु पढिरहेका नक्कली विद्यार्थीको ठूलो समूह फेला परेको छ । एसएलसीमा सात विषयसम्म लागेका विद्यार्थीले अर्काको सिम्बोल नम्बर चोरेर नक्कली प्रमाणपत्र बनाई प्लस टु भर्ना भएको पाइएको हो ।
उच्च माध्यमिक विद्यालयमा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेसन छानबिन गर्ने क्रममा नक्कली विद्यार्थीको समूह फेला परेको हो । उच्च माध्यमिक शिक्षा परिषद्को हेटौँडा कार्यालयले छानबिनका लागि पठाएका एक सय ५८ विद्यार्थीका प्रमाणपत्रमध्ये ४४ जनाको मात्र सक्कली भएको पाइएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णु द्वारेले पनि परिषद्को हेटौँडा कार्यालयले पठाएका एक सय ५८ प्रमाणपत्रमध्ये एक सय १४ जनाको नक्कली भएको पत्ता लागेको जानकारी दिए । नियन्त्रक द्वारेले कतिपय विद्यार्थीले नक्कली प्रमाणपत्रको फोटोकपी लिएर हराएको भन्दै ‘कपी अफ ओरिजिनल’ माग्न आउने गरेको पनि बताए । केही समयअघि पनिकाले ‘कपी अफ ओरिजिनल’ माग्न आउने नक्कली प्रमाणपत्रधारीलाई पक्राउसमेत गरेको थियो ।
‘नक्कली सर्टिफिकेट विकृति धेरै बढेको छ,’ परीक्षा नियन्त्रक द्वारेले भने, ‘विकृतिलाई प्रहरी प्रशासनले रोक्नुपर्छ ।’ उनका अनुसार कतिपयले एउटा जिल्लाको सिम्बोल नम्बर र कोड नम्बर राखेर अर्को जिल्लाको नाममा प्रमाणपत्र बनाएका छन् । कतिपयले अघिका परीक्षा नियन्त्रकको नाममा पछिल्लो मितिमा र पछिल्लो मितिका परीक्षा नियन्त्रकको नाम अघिको मितिमा समेत राखेका छन् । अधिकांश नक्कली प्रमाणपत्रमा ०६८ को एसएलसीे उल्लेख छ । अधिकांश मध्यमाञ्चल विकास क्षेत्रका छन् भने केही नवलपरासीका पनि छन् । नयाँ पत्रिकामा खबर छ ।