सलमान खानलाई जेल हाल्ने बयान

एजेन्सी ।


बलिउड अभिनेता सलमान खान अव जेल पर्ने सम्भावना बढ्दै गएको छ । अनुसन्धानका अधिकारीहरुले दिएको बयान अनुसार सलमान थप झन्झटमा पर्न सक्छन् ।



अधिकारीहरुले सलमानविरुद्ध सन् २००२ रक्सी पिएर बान्द्राको सडकमा एक यात्रुलाई गाडीले हानेर भागेको मुद्धामा उनी जेल पर्न सक्ने स्तरको बयान दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उक्त घटनामा सलमानले चलाएको गाडीले हान्दा १ जनाको मृत्यु भएको र अन्य ४ घाइते भएको बताइन्छ ।

सलमानले सन् २००४ मा मात्र ड्राइभिङ लाइसेन्स लिएको खुलेपछि उनी लाइसेन्स नभइ गाडी चलाएको मुद्धामा जेल पर्न सक्ने बताइएको छ ।

news and entertainment