मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
पढाइलेखाइमा समय दिन नसकिएला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। प्रशासक वर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोस्। तापनि, सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट प्रशस्त लाभ उठाउन सकिनेछ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। व्यापारमा पनि फाइदा हुने योग छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। भाग्योन्नतिको समय छ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। अस्वस्थता अनुभूति हुनेछ। तर, जिम्मेवारी भने बढ्नेछ। सानातिना काममै अल्झनुपर्ला। समयमा काम पूरा नहुन सक्छ। तापनि, नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
सहयोगीहरूले समेत तपाईंलाई धोका दिन सक्छन्। विगतका समस्या बल्झेलान्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
अलि बाध्यताका काममा जुट्नुपर्ने योग छ। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । यात्रामा केही समस्या आउलान्। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। मित्रता र प्रेमको बन्धन कसिने बेला छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। तर, खर्च बढ्नुका साथै रोगले समेत सताउन सक्छ। प्रयत्न गर्दा मुद्दा–मामिलामा विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ भने रामै्र फाइदाको योग छ। अधिकार संरक्षण गर्न जुट्नुपर्ने समय छ। केही प्रतिस्पर्धा हुन सक्छ। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। प्रतिस्पर्धीलाई सजिलै उछिन्ने मौका छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
पारिवारिक असमझदारीले काममा विलम्ब हुन सक्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। महत्वपूर्ण काम र पढाइलेखाइमा त्यति ध्यान दिन नसकिएला। केही कमजोरी अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्न सक्छ। प्रयत्न गर्दा बिस्तारै आँटेका काम भने बन्नेछन्। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। आर्जित धन तत्काल खर्च गर्नुपर्ला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि सामान्य लाभ मिल्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
मान–सम्मानमा आघात पर्ने देखिन्छ। काममा विघ्नबाधा उपस्थित हुन सक्छन्। आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन्। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
स्वास्थ्यमा आरोग्य र कामबाट फुर्सद मिल्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। विशेष भेटघाट र विभिन्न उपहार हातलागी हुने समय छ। आत्म–विश्वास बढ्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। पारिवारिक जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको समेत आनन्द मिल्नेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। केही मात्रामा खर्च बढ्नेछ। तर दिगो फाइदा दिने काममा लगानी बढाउन सकिनेछ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ र बिस्तारै फाइदा समेत मिल्नेछ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। अलि प्रतिस्पर्धा गर्नुपरे पनि अन्ततः फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । समय उत्साहवद्र्धक रहला।
