किन हुँदैछ यूट्यूब सधैंका लागी बन्द ?

पाकिस्तानमा भिडियो शेयरिङ साइट यूट्यूबलाइ सधैका लागी बन्द गरिएको छ । यहाँका एक्सपर्ट्सले बताए अनुसार यस मुसलमान बहुल्यता भएको यस देशमा अफेन्सिभ कन्टेन्ट फिल्टर गर्न कुनै बाटो नभएपछि यो निर्णय गरिएको हो । यसैले अब यो साइटलाइ सधैंका लागी पाकिस्तानमा बन्द गरिएको छ ।
yutube
भिडियो शेयरिङ वेबसाइट यूट्यूब पाकिस्तानमा सेप्टेम्बर २०१२ देखिनै बन्द थियो । यूट्यूबमा ‘इनोसेन्स अफ मुस्लिम्स’ नामको एक विवादास्पद फिल्मको स्क्रीनिङ पछि पाकिस्तान प्रशासनले यसलाइ ब्लक गरिदिएको थियो । पाकिस्तानको सुप्रीम कोर्टले एक आदेशमा जब सम्म यस्ता भडकाऊ र ईश-निन्दा गर्ने कन्टेन्टलाइ ब्लक गर्ने बाटो खोजिँदैन, त्यस बेला सम्म यो साइटलाइ बन्द गरिनेछ ।
पाकिस्तानमा सूचना प्रविधि तथा दूरसञ्चार मन्त्री अनूषा रहमानले सिनेटमा गत शुक्रबार यस सम्बन्धमा कयौं पटक विचार विमर्श गरिएको थियो, तर अबस्था भने सधै जस्ताको तस्तै भएको थियो । एक वरिष्ठ सरकारी अधिकारीले समाचार एजेन्सी एएफपीलाइ भने कि ‘सरकार कुनै रिस्क उठाउन चाहँदैन । यसैले यूट्यूब अनब्लक गर्नु अघि उ सुनिश्चित गर्न चाहन्थ्यो कि अनब्लकिङ पछि कुनै अफेन्सिभ कन्टेन्ट पाकिस्तानमा नदेखियोस।

,

news and entertainment