२४ क्यारेट सुनको साइकल, मूल्य भने सुपरकारको भन्दा बढी (फोटो फिचर)

गोल्डजीनी नामको कम्पनीले यस अघि पनि आरामदायी सामानमा सुनको जलप लगाएर त्यसलाई महंगो र अदभुत अनि सुन्दर स्मार्टफोन बनाएको थियो ।





यसपटक पनि यस्तै गरेको छ । अहिले भने पुरुषको लागि रेसिंग साइकल बनाएको छ । यो साइकलमा कम्पनीले मेटलको ठाउँमा सुनको कोट दिएको छ ।


यसमा २४ क्यारेट सुन जडित छ । यसको मूल्य भने २५०००० पाउन्ड पर्ने कम्पनीले जनाएको मिरर मा उल्लेख छ ।



यो साइकलमा सुनको साथसाथै हिरा पनि जडित छ । हिरालाई साइकलमा चम्किरहेको देख्न सकिन्छ । यो साइकलको डिजाइन र लुक्स धेरै नै राम्रो छ तर स्पीड भने नभएको बताइएको छ । सुनको कारण नै स्पीड कम हुने पनि बताइएको छ ।
नेपाली हेडलाईन बाट साभार

news and entertainment