पारसलाई अझै खतरा छ !

मुटुरोग विशेषज्ञ डा.भारत रावतले पूर्वयुवराज पारस शाहलाई अझै पनि खतरा रहेको बताएका छन् । उनले पारसलाई हृदयघात हुनुमा स्मोकिङ नै मुख्य रहेको बताए । त्यसपछि पारसले खानपान तथा जीवनशैलीमा गर्ने बेफिक्री दोस्रो कारण रहेको उनको भनाई छ ।

नयाँ पत्रिकामा उनको भनाई अनुसार नेपालबाट थाइल्यान्ड गएका पारसले हृदयघातपछि अपनाउनुपर्ने कुनै सर्तकता अपनाएनन् । सिफारिस गरेको औषधि पनि खाएनन् । त्यहाँका डाक्टरको मिहिनेत र भाग्यले मात्र पारसको ज्यान बचेको हो ।


साच्ची भन्ने हो भने पारस रक्सी, चुरोट खाने, लागुपदार्थ सेवन गर्ने मामिलामा अगाडी छन् । थाइल्यान्डमा हुँदा मात्र उनी लागुपदार्थ काण्डमा थुप्रै पटक फसिसकेका छन् । तर, उनको बानी अझै सुध्रीन सकेको छैन ।
डा. रावत अघि थप्छन् पारसले एकपटक हृदयघाट भएपछि निकै सतर्कता अपनाउनुपर्छ । खानपान जीवनशैलीमा ध्यान दिनुपर्छ । जीवनभर औषधि खानुपर्ने हुन्छ ।

तर, डाक्टरको भनाई अनुसार पारसले अपनाउनुपर्ने सतर्कता उनी अपनाइरहेका छैनन् । त्यसकारण हामी सजिलै अनुमान लगाउन सक्छौँ कि पारसको जीवन अझै पनि खतरामा छ । उनले आफ्नो स्वास्थ्यमा यसरी नै वेवास्ता गर्ने हो भने एकपटक मृत्युको मुखबाट बचिसकेका पारसलाई फेरी खतरा नहोला भन्न सकिन्न ।

news and entertainment