क्याफेको भित्ताभरी पैसै पैसा, जहाँ पुग्ने सबैले डलर टाँस्छन्

कुविक एनपी न्युज 
क्याफेहरुमा ग्राहकलाई आनन्दित पार्नका लागि विभिन्न खाले चित्रहरु तथा तस्वीरका साथै कलाकृतिहरु राखिने गरेको त हामीले देखेकै छौँ । तर के तपाइँले यत्रतत्र पैसाको गुँड नै भएको क्याफे देख्नुभएको छ ? अमेरिकामा एउटा यस्तो क्याफे छ जसको भित्री कोठाहरुमा यत्रतत्र भित्ताभरी नै डलर टाँसिएका छन् । क्याफेमा जाने जो कोहीले उक्त क्याफेको भित्तामा डलर टाँसेरै फर्किन्छन् ।cafehouseअमेरिकाको अलास्कास्थित होमरमा रहेको साल्टी डग सैलून नामक क्याफे १ सय १८ वर्ष पूरानो ऐतिहासिक क्याफे त हो नै, यो क्याफे यसका भित्तामा टाँसिएका असंख्य डलर नोटका कारण चर्चित छ ।
सन् १८९७ मा सानो कोठाको रुपमा स्थापना भएको यो क्याफे सुरुमा उक्त क्षेत्रको पहिलो हुलाक घर, रेलस्टेसन, किराना पसल तथा कोइलाखानीको कार्यालयको रुपमा समेत उपयोग भयो ।cafehouse2सन् १९०९ मा त्यहाँ अर्को भवन निर्माण गरियो र स्कुल समेत संचालनमा आयो । सन् १९४० मा यो भवनलाई तेल कम्पनीले समेत आफ्नो कार्यालयको रुपमा प्रयोग गर्यो । तर सन् १९५० को मा चक एबोटले उक्त भवनमा साल्टी डग सैलूनको स्थापना गरेका हुन् ।
ऋहिले जोन वारेन नामका व्यक्तिको स्वामित्वमा रहेको यो क्याफेको भित्री भित्ताहरुमा यत्रतत्र डलर झुण्डिरहेका हुन्छन् । झ्वाट्ट हेर्दा भित्री कोठामा पैसाकै गुँड जस्तो देखिन्छ ।cafehouse1वास्तवमा साल्टी डग क्याफेमा डलर टाँस्ने अनौठो परम्परा नै छ । सुरुमा एकजना ग्राहकले आफ्ना मित्रको सम्झनामा क्याफेको भित्तामा डलर टाँसेर हिँडेका रहेछन् । त्यसपछि त्यहाँ आउने ग्राहकले एकपछि अर्को गर्दै आफ्ना मित्रजनको सम्झनामा भित्तामा डलर टाँस्न थालेपछि डलर चिप्काउने परम्परा नै कायम भयो । मानिसहरुले डलरको नोटमा साथीको नाममा सन्देश लेख्छन् अनि क्याफेको भित्तामा टाँसेर जान्छन् ।

, ,

news and entertainment