३ घण्टाको फिल्म ३ सेकण्डमा डाउनलोड

बेलायतका शोधकर्ताहरुले 5G डाटा कनेक्सनमाथि गरिरहेको अध्यनका क्रममा एक टिबी प्रति सेकेण्डको स्पिड सम्मको रेकर्ड बनाएका छन् ।


यो स्पिडमा ३ घण्टाको चलचित्रलाई प्रयोगकर्ताहरुले केवल ३ सेकण्डमा डाउनलोड गर्न सक्छन् ।



सरे यूनिभर्सिटीका शोधकर्ताहरुले वर्तमान डाटा कनेक्सन भन्दा हजारौं गुना बढी स्पिडको डाटा कनेक्टिभिटी स्थापित गर्न सफल भएका हुन् ।

रिपोर्टका अनुसार यो डाउनलोड स्पिड 4G को औषत डाउनलोड भन्दा ६५ गुना बढी हुने छ ।

शोधकर्ताहरुले सन् २०१८ मा यो प्रविधी सार्वजनिक गर्ने बताएका छ्न् ।

यस अघि सामसङ इलेक्ट्रोनिक्सले 5G स्पिडको रेकर्ड बनाएका थिए ।

कम्पनीले ७ दशमलव ५ गिगाबाइटको रेकर्ड थियो ।

news and entertainment