जोगिको बाँदर माया

काठमाण्डौं,

हिन्दुहरुको महान पर्व शिवरात्री नजिकिदै जाँदा भारतबाट आउने जोगीहरुको संख्यापनि बढ्दो छ ।


महाशिवरात्रिको अवसरमा पशुपति भित्रने जोगिहरुको खाना, गाडिभाडा र बसोवासको ब्यवस्था पशुपति बिकास कोषले गर्दै आएको छ ।

बिगतका बर्ष झैं यस बर्ष पनि हजारौंको संख्यामा जोगिहरु पशुपति आईपुगेको पशुपति बिकास कोषले जनाएको छ । पशुपति आईपुगेका जोगिहरु आ आफनै सुरले आशन जमाएर बसिसकेका छन् ।

 यि जोगिहरुले गर्ने क्रियाकलाप सञ्चार माध्यममा निकै छाउने गर्दछन र रोचक तथा रमाईलो पनि हुने गर्दछन् ।

यो बर्ष पनि ति जोगिहरुको रमाईलो दृष्य हेर्ने बेला सुरु भईसकेको छ । आफ्नै ध्यान र क्रियाकलापमा मस्त जोगिहरुमा कोहि भने आम मानिससँग पनि घुलमिल भएर बसिरहेका पाईन्छन् ।

news and entertainment