जन्ती लिएर बेहुली पुगिन् बेहुलाका घर, बेहुलाले अस्वीकार गरेपछि धर्ना सुरु

एजेन्सी, ३ फागुन ।
भ्यालेन्टाइन डे कै दिन एक बेहुली बेहुलाको घरमा जन्ती लिएर पुगेको समाचार छ ।

भारतको एक गाउँकी यी बेहुली सयौं महिला जन्ती लिएर बेहुलाको घर पुगेकी थिइन् ।



 प्रीतिकुमार नामकी यी बेहुलीलाई बेहुलाले स्वीकार नगरेपछि उनी धर्नामा बसेकी बताइएको छ ।



भारतको भरौल गाउँकी उनी मकदमपुर भन्ने ठाउँमा यसरी जन्ती लिएर गएकी थिइन् ।


राज्य महिला आयोगीकी सदस्य रीना कुमारीको साथमा नाच्दै गाउदै गएका जन्ती र बेहुला पक्षबीच झडपसमेत भएको प्रहरीले जनाएको छ ।

एक वर्ष अघि पनि बेहुली पक्षबाट बेहुला नीरज कुमारलाई जबरजस्ती बिहे गरेको आरोप लगाईएको छ ।

यो घटनामा बेहुलीका बुवालाई प्रहरीले पक्राउ गरी जेल हालेका थिए ।

news and entertainment