धमाधम मिडिया बेच्दै प्रचण्ड

काठमाडौं, माघ २९/ शान्तिप्रक्रियामा आएसँगै आफ्नो प्रभाव विस्तार गर्न एमाओवादीले भूमिगत रुपमा लगानी गरेका मिडिया अध्यक्ष पुष्पकमल दाहालले धमाधम बेच्दै छन् । अहिले ती मिडिया प्रचण्डका लागि सेतो हात्ती पाले जस्तो भयो भन्दै बेच्न लागेका हुन् ।
दाहाल जनमैत्री एफएम बेच्ने अन्तिम तयारी गरेका छन् भने एबीसी टेलिभिजनलाई बेचेको प्रचार गरिएको छ । नेपाल एफएमको लगानी फिर्ता लगिसकिएको छ भने नयाँ पत्रिकाको लगानी पनि फिर्ता लग्ने अन्तिम तयारी भएको छ ।
पहिला क्रान्तिकारी विचार समूहसँग लड्दा आफ्नै विचार समूहलाई लगानी गर्न लगाए पनि पछि प्रत्युत्पादक हुनसक्ने खतराका कारणले  आफ्नो निकट व्यापारीका नाममा प्रचण्ड आफैले नयाँ ढंगले लगेको हुनसक्ने एक एमाओवादीनिकट पत्रकारले बताएको खबर आजको साप्ताहिक महिमाले छापेको छ ।

,

news and entertainment