मानसिक अस्पतालमा करिना
मुम्बई : रोगीको अभिनय गर्नु त्यति सजिलो छैन, त्यसमाथि मानसिक रोगीको। बलिउड अभिनेत्री करिना कपुर मानसिक रोगीका रूपमा गर्नुपर्ने अभिनय सिक्न अस्पताल नै पुगेकी छन्।
'आमिर' र 'नो वन किल्ड जेसिका'जस्ता चर्चित चलचित्र बनाएका निर्देशक राजकुमार गुप्ताको निर्देशनमा बन्ने चलचित्रमा उनी यस्तो भूमिकामा अभिनय गर्न लागेकी हुन्।
'आमिर' र 'नो वन किल्ड जेसिका'जस्ता चर्चित चलचित्र बनाएका निर्देशक राजकुमार गुप्ताको निर्देशनमा बन्ने चलचित्रमा उनी यस्तो भूमिकामा अभिनय गर्न लागेकी हुन्।
करिनाले मानसिक रोगले विक्षिप्त बनेकी महिलाको रूपमा कस्तो उपस्थिति जनाउने हुन्, त्यो त चलचित्र प्रदर्शन भएपछि मात्र थाहा हुन्छ। यो चलचित्र भारतीय दण्डसंहिताको धारा ८४ लाई आधार बनाएर निर्माण गरिएको बताइएको छ। यो धारामा मानसिक रोगीलाई स्वस्थ नभएसम्म कुनै किसिमको आरोप लगाउन नपाइने उल्लेख छ।
करिना यति बेला 'बजरंगी भाइजान'को छायांकनमा व्यस्त छिन्। 'काबुल एक्सप्रेस', 'एक था टाइगर'जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका कबिर खानले 'बजरंगी भाइजान' निर्देशन गर्न लागेका हुन्।
सलमान खान र करिनालाई शीर्ष भूमिकामा अभिनय गराइएको यो चलचित्रलाई उनको महत्त्वाकांक्षी योजनाको रूपमा हेरिएको छ। यो चलचित्र हिन्दु युवती र मुसलमान युवाको प्रेमकथामा आधारित रहेको बताइएको छ। -एजेन्सी
