मधेसी मोर्चाबाट उपेन्द्र फालिंदै
काठमाडौं । आन्दोलनका नाममा छिमेकी मित्रराष्ट्र चीन विरुद्ध गतिविधि हुन थालेपछि मधेसी दलहरुबीच फाटो उत्पन्न भएको छ ।
तराईमा आफ्नो झण्डा जलाइएपछि चीनले सिधैं भारतसंग आपत्ति जनाएको थियो । त्यसपछि मधेसी दलहरु आपसमा वार्ता गर्ने भन्दै काठमाडौं आएका थिए । यस अघि उनीहरु सरककारसंग काठमाडौंमा वार्ता हुन सक्दैन भन्दै भागिरहेका थिए ।
काठमाडौं आएपछि मधेसी मोर्चाका नेता राजेन्द्र महतो, महन्थ ठाकुर र फोरमका नेता विजयकुमार गच्छदारको बैठक बसेको थियो । सोही बैठकले उपेन्द्र यादवको संघीय फोरमलाई बिदाई गर्ने र मातृक यादव जेपी गुप्तालाई भित्र्याउने योजना बनाएको छ । उपेन्द्र यादवलाई चीन परस्तको आरोप लगाउँदै निकाल्ने तयारी भएको हो ।
स्रोतले भन्यो, ‘अब मधेसी दलको बैठक बस्दा उपेन्द्रको पार्टीलाई आमन्त्रण गरिने छैन ।’ स्रोतका अनुसार राजेन्द्र महताले मातृका यादव र जेपी गुप्ताको पार्टीलाई पनि मोर्चामा सामेल गर्नुपर्ने प्रस्ताव राखेपछि यो अवस्था आएको हो ।
