बाबुरामले पार्टी छाड्दा गगन थापा स्तब्ध !
काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गर्दा आफू स्तब्ध भएको बताएका छन् ।
माओवादी जन्माएर बाबुरामले आफै पार्टी परित्याग गरेपछि थापा अचम्ममा परेका छन् । ‘एमाओवादीमा रहेर यत्रो संघर्षपछि संविधानसभाबाट संविधान जारी गर्ने सफलता हात पारेपछि यस्तो निर्णय किन आयो यसको विश्लेषण विस्तारै होला तर म भने अचम्ममा परेको छु,’ उनले भने ।
माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन बाबुरामको ठूलो योगदान रहेको भन्दै नेता थापाले संसद्बाट समेत राजीनामा दिए पनि जहाँ भएपनि बाबुरामले संविधानको कार्यान्वयनमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।
