भारतलाई राष्ट्र संघमा अर्को झड्का, चीन नमान्ने, रुस नदिने
शनिबार, ९ असोज
काठमाडौं । संयुक्त राष्ट्र संघको स्थायी समिति सदस्यमा दाबी गरिरहेको भारत सदस्य नबन्ने पक्का पक्की भएको छ । छिमेकी मुलुक चीन र रसीयाले नै भारतको भुमिकालाई लिएर चर्को विरोध गरेपछि भारतको सपना भताभुंग हुने अवस्थामा पुगेको हो ।
स्थायी सदस्यताकालागि भारतले लामो समयदेखि पहल गरिरहेको छ । भारतले नेपाललाई समेत मतदानकालागि सहयोग मागेको थियो भने नेपालले पनि बचन दिइसकेको थियो । तर, भारतको पछिल्लो हर्कतका कारण नेपालले उसलाई सहयोग गर्ने कि नगर्ने भन्नेमा बहस चलिरहेको छ ।
अर्को छिमेकी मुलुक चिनले भने भारतलाई स्थायी समिति सदस्य बनाउन नहुने भन्दै लविङ गरिरहेको छ । अझ रुसले लिखित रुपमै भारतको विरोध गरेको छ ।
रुसले दुई तिहाइ मतका आधारमा सदस्य छान्न नहुने बताउँदै सर्वसम्मतीकालागि आग्रह गरेको छ । भारतले जी ४ को नाममा अनावश्यक गुटबन्दी गर्न खोजेको रुसको आरोप छ ।
