भारतको अघोषित नाकाबन्दीपछि सरकारको यस्तो निर्णय पुरा पढ्नुहोस
९ असोज, काठमाडौं ।
सरकारले पेट्रोलियम पदार्थ आपूर्ति असहज बनेपछि माग घटाउन सवारीसाधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्नेभएको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण केहीदिनयता पेट्रोलियम पदार्थसमेत आयात गर्न नसकिएकाले माग पक्ष व्यवस्थापन गर्न सवारीसाधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गरिएको सरकारले जानकारी दिएको हो ।
नयाँ व्यवस्था अनुसार जोर गतेमा जोर नम्बर भएका सवारीसाधन र विजोर गतेमा विजोर नम्बर भएका सवारीसाधन मात्र सञ्चालन हुनेछन् । पेट्रोलियम पदार्थ आपूर्ति असहज भएकाले जोरविजोर प्रणालीअनुसार सवारीसाधन सञ्चालन गर्न उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले आग्रह गरेका छन् ।
असहज परिस्थितिलाई ध्यानमा राख्दै जोरविजोर प्रणालीअनुसार सवारीसाधन चलाउन सरकारले यातायात व्यवसायी तथा आम नागरिकहरुलाई आग्रह गरेको छ । त्यसैगरी मन्त्री गौतमले पेट्रोलियम पदार्थ आपूर्तिका लागि पहल भैरहेको जानकारी दिएका छन् ।
भारतले तेल भरेका नेपाली ट्यांकरहरुलाई तीनदिनयता नेपाल प्रवेश गर्न दिएको छैन । शुक्रबारदेखि तेल लिन गएका नेपाली ट्यांकरहरुमा तेल भर्नसमेत दिइएको छैन ।
