चर्जको बम काण्डमा मेरो संलग्नता छैन : निवासाचार्य

इटहरीमा पत्रकार सम्मेलन गर्दै युवा सन्त श्रीनिवासाचार्यइटहरीमा बिरोध यार्ली प्रदर्शन गर्नु अघी सोमबार बिहान हिन्दु धर्मका युवा सन्त श्रीनिवासाचार्यले पत्रकार सम्मेलनको आयोजना गरी आफुहरु संबिधान बिरोधी नरहेको तर संबिधानमा उल्लेखित गरीएको धर्मनिरपेक्षता प्रति असन्तुष्ट रहेको बताएका छन ।नेपालका ९४ प्रतिशत नेपालीको मतलाई लत्याएर जबरजस्ती धर्मनिरपेक्षता सहितको संबिधान जारी गरेर राजनीतिकदलहरुले

मुलुकलाई धार्मीक युद्धमा धकेल्न खोजेको बताउदै युवा सन्त निवासाचार्यले मुलुकमा संबिधान जारी हुदा आफुहरुपनि खुशी भएको तर संबिधानमा उल्लेखित धर्मनिरपेक्षताले सिङो राष्ट्रका हिन्दुबादी मात्र नभई बिश्वका हिन्दु समर्थकहरु रुष्ट बनेको बताए ।नेपाललाई अब जनताको आन्दोलनको बलबाट पुनःहिन्दु राष्ट्र कायम गराइने र त्यस्का लागि मेचि देखि महाकालीसम्म धर्म जागरण अभियान सञ्चालन गरीने युवा सन्त श्री निवासाचार्यले बताए । ६२ । ६३को जनआन्दोलन पश्चात अनौपचारीक रुपमा स्थापना भएका कृष्टचियनहरुको चर्ज खाली गराइदिने चेतावनी समेत दिएका छन ।उनले केही साता अघी झापाको दमक स्थित दुई चर्जमा भएको बम बिष्फोटमा आफनो कुनै संलग्नता नरहेको जनाउदै प्रहरीको अनुशन्धानबाट पुष्टि भएमा आफु जेल जान तयार रहेको पनि बताए । ६२ । ६३को जनआन्दोलन पश्चात अनौपचारीक रुपमा बग्रलती खोलीएका चर्जहरु चै खाली गराएरै छाडछौ भनेको तर बाघ करायो बाख्रा हरायो भने झै भयो उनले भने । चर्जमा भएको बम बिष्फोट घटनामा कुनै हिन्दुवादीहरुको संलग्नता नरहेको प्रस्ट पार्दै निवासाचार्यले कुनै अराजक तत्वको काम भएको र प्रहरीलाई अनुशन्धान गरी कार्वाहीको दायरामा ल्याउन अनुरोध समेत गरेका छन ।

,

news and entertainment