‘भारतीय दबावमा’ प्रधानमन्त्रीका सल्लाहकारको राजीनामा

४ असोज, काठमाडौं । संविधान घोषणा भएको भोलिपल्ट प्रधानमन्त्री सुशील कोइरालाका प्रेस सल्लाहकार प्रतीक प्रधानले ‘भारतीय दबावका कारण’ पदबाट राजीनामा दिएका छन् । प्रधानको राजीनामा प्रधानमन्त्रीले सोमबार नै स्वीकृत गरेका छन् । संविधान निर्माणमा भारतको ठाडो हस्तक्षेपलाई लिएर प्रधानले रिपब्लिका


दैनिकमा लेख लेखेका थिए । पाँच दिनअघि ‘रङ एड्भाइस’ शीर्षकमा प्रकाशित लेखमा नेपालको संविधान निर्माणका सन्दर्भमा भारतीय भूमिकाको खरो आलोचना गरिएको थियो । सोही लेखलाई लिएर भारतीय पक्षले प्रधामन्त्री कोइरालालाई दबाव दिएको स्रोतको भनाइ छ । विदेशी दबाव झेल्न नसकेपछि प्रधानमन्त्रीले आफ्ना सल्लाहकारलाई राजनीनामा लेख्न लगाएको स्रोतले बतायो । तर, प्रधानले भने प्रधानमन्त्री कोइरालालाई सजिलो पार्न आफैंले राजीनामा दिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘प्रधानमन्त्रीलाई आन्तरिक र बाह्य दबाव आएको बुझेरै राजीनामा दिएको हुँ ।

,

news and entertainment