रौतहटमा तिन सभाषदको पुत्ला एकैठाउ जल्यो

रौतहटमा तिन सभाषदको पुत्ला एकैठाउ जल्यो



रौतहट २९ भाद्र – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रौतहटका कार्यकर्ताहरुले मंगलवार दिउसो तिन सभाषदहरुको एकै स्थानमा पुत्ला जलाएका छन ।

लामो सायदेखी आन्दोलनमा उत्रिएका मधेशीमोर्चाका कार्यकर्ताहरुले रौतहटको सुन्दरपुर बजारमा क्षेत्र नं ४ का निर्वाचित एमाओवादीका सभासद सत्यनारायण भगत सभासद एमालेका समानुपातिक सभाषद डा. बनसिधर मिश्रा सभासद लालबाबु यादव लगाएतको पुत्ला जलाएका हुन ।

सदरमुकाम गौर स्थित नगरपालीकाको कार्यालय परिषरमा बसीरहेको बेला प्रहरीले बिना कसुर ५ जना नेताहरुलाई पक्राउ गरेको बिरोधमा सभाषदहरुको पुत्ला जलाइएको हो । पक्राउ पाँचौ जनालाई तत्काल रिहा गर्न माग गर्दै मंगलबार तिन सभाषदको पुत्ला जलाइएको हो ।

,

news and entertainment