इटहरीमा देव गुरुङको पत्रकार सम्मेलन : ३ गते संबिधान जारी भए ,४ गते जलाएर आमहडतालमा उत्रने

इटहरीमा देव गुरुङको पत्रकार सम्मेलन : ३ गते संबिधान जारी भए ,४ गते जलाएर आमहडतालमा उत्रने
September 19, 2015 मा प्रकाशित |


सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादीका केिन्द्रय सचिव देव गुरुङ सहितका नेताहरु

तेज बन / इटहरी २ अशोज – नेकपा डयास माओवादीका केन्द्रिय सचिव देव गुरुङले प्रमुख तिन दलको योजनामा अशोज ३ गते मुलुकले पाउने नया संबिधान जनताको भावना बिपरीत रहेको बताएका छन । सुनसरीको इटहरीमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन । ३ गते जारी हुने भनिएको नया संबिधान २०४७ कै संबिधान रहेको त्यसमा केवल गणतन्त्र मात्रै थपीएको उनले बताए ।

नेपालका प्रमुख तिन दलले मुलुकलाई नया संबिधान दिने नाममा नेपाली जनतालाई उल्लु बनाउने काम गरीरहेको बताउदै नेकपा माओवादीका केन्द्रीय सचिव गुरुङले ३ गते जारी हुने संबिधान तत्काल बदर गरी नया सहमतीबाट अर्को संबिधान जारी गरीनुपर्ने धारणा राखेका छन ।

नेकपा माओवादी संग भएको १६ बुदे सहमती बिपरीत र राष्ट्रिय सहमती बिपरीत एकात्मक ढङ्गबाट जारी हुने संबिधान नेपाली जनताले नमान्ने बताउदै नेता गूरुङ्गले ३ गते नेपालले नया संबिधान पाए लगत्तै ४ गते आफनो पार्टीले जलाएर अनिश्चितकालीन आमहडतालमा उत्रने बताए ।

अशोज ३ गतेलाई पार्टीले कालोदिनको रुपमा मनाउने ४ गते नया संबिधान जलाउने र अनिश्चतकालीन आमहडतालका कार्यक्रमहरु सार्वजनीक गरीने नेकपा माओवादी केन्द्रीय सचिव देव गुरुङ्गले बताए । उक्त संबिधान बिरुद्ध नेपाली जनताहरु सडकमा निस्कने जनताको आन्दोलनको बलले नया संबिधान स्वायत्त खारेज हुनेमा आफु बिस्वश्त रहेको बताए ।

2गत बैशाख १२ गएको बिनासकारी महाभुकम्पबाट पिडामा परेका नेपाली र नास भएका खरबौको सम्पतीको बिषयमा शोच गर्दै यो बेला पुन : निर्माणका लागि पहल गरीनुपर्नेमा मुलुकको आधाभाग सखाप भएको र यहिबेला जनता आन्दोलनमा आउन नसक्ने बातावरण देखिएको मौका छोप्दै प्रमुख तिन दल एमाओवादी , नेपाली काग्रेंस , र नेकपा एमालेले आफनो योजना अनुसार नेपाली जनताको भावना बिपरीत नया संबिधान जारी गर्न लागेको नेता गुरुङले आरोप लगाए ।

२०४७ कै संबिधानलाई ब्युताएर नया भन्दै जारी हुन लागेको संबिधानले मुलुकको अस्मिता खतरामा पर्ने बताउदै नेता गुरुङले आन्दोलनरत मधेशी मोर्चा , चरुहट थारुवान , आदिवासी जनताती , लिम्बुवान , पिछडा वर्ग , किरात बर्ग लगायतका मागलाई सम्बोधन गरेर सबैको भावना राष्ट्रिय सहमतीको आधारमा जारी गरीने संबिधान मात्रै नेपालको संबिधान ठहरीने र त्यो संबिधान नेपाली जनताले मान्ने बताए ।
purbelinews


,

news and entertainment