बाबुरामजी फेरि पार्टीमा फर्किनुहुन्छ : प्रचण्ड

रेवती सापकोटा |
२०७२ आस्विन १० आईतवार


फोटो :फाइल तस्बिर
काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मुलुक गम्भीर अवस्थामा रहेका बेला बाबुराम भट्टराईको राजीनामा आउनु पनि गम्भीर विषय भएको बताएका छन् ।

पर्टी छोड्ने बाबुरामको घोषणापछि प्रचण्डले अन्नपूर्णसँग भने, मैले यसलाई गम्भीर रुपमा लिएको छु । तर बाबुरामजी पार्टीमा फेरि फर्किनुहुन्छ भन्नेमा म आशावादी छु । उनले आकस्मिक रुपमा यसरी बाबुरामको घोषणा आउँदा आफूलाई पनि अचम्म लागेको बताए।


शनिबार पार्टी छोड्ने घोषणाअघि शुक्रबार प्रचण्डसँग लाजिम्पाटमा भेटेर बाबुरामले झन्डै दुईघन्टा लामो छलफल गरेका थिए। तर बाबुरामले चरम असन्तुष्टी पोखे पनि पार्टी नै छोड्ने संकेत दिएका थिएनन्। प्रचण्डले आइतबार केन्द्रीय समितिको बैठक बोलाएका छन्। annapurnapost

,

news and entertainment