तमलोपा महामन्त्री सोनल र सिंह कारागार चलान
मायोज
अनिल तिवारी वीरगन्ज,असोज १०
तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनल र बारा जिल्ला अध्यक्ष नवल किशोर सिंहलाई आइतबार दिउँसो वीरगन्ज कारागार चलान गरिएको छ।
महामन्त्री सोनल र अध्यक्ष सिंहमाथि लगाइएको सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यलयले तोकेको धरौटी नतिरेपछि उनलाई कारागार चलान गरिएको हो।
आफूहरुले शान्तिपूर्ण आन्दोलन गरेपनि प्रहरीले हामीमाथि तोडफोड र आगजनी मुद्दा दर्ता गरेको भन्दै धरौटी तिर्न उनीहरुले अस्वीकार गरेका थिए। बाराको लिपनीमाल ९ चैनपुर मेनरोडस्थित आत्मा बाक्राको सौरभ ईन्टरप्राईजेजमा पार्किङ गरेका ट्रकमा तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले २९ गते दुवैलाई पक्राउ गरेको थियो।
