काठमाडौं । कुनै पनि शुभ कार्य गर्नुभन्दा पहिला अधिकांश मानिस शुभ मुहूर्त हेर्ने गर्छन् ।
ताकि काम गर्दा कुनै बाधा नआओस, सफल होस । ज्योतिषचार्यका अनुसार केही विशेष ग्रह/नक्षेत्रमा गरिने कार्यले निकै नराम्रो फल हिन्छ र केही अशुभ प्रभाव पनि पार्दछ । जस्तैः धनिष्ठा, शतभिषा, पूर्वा भाद्रपद, उत्तरा भाद्रपद एवं रेवती यस्ता नक्षेत्र हुन् जूनबेला कुनै पनि शुभ काम गर्नुहुँदैन् । धनिष्ठाको सुभारम्भबाट रेवती नक्षेत्रको अन्त्यसम्मको जून समय हुन्छ त्यसलाई पञ्चक भनिन्छ ।
jyotish
आज दिउँसो १ बजेर १२ मिनेटदेखि पञ्चकको समय सुरु भएको छ, यसको प्रभाव आगामी असोज १४ गते मंगलबार बेलुका ६ बजेसम्म रहनेछ । यो पञ्चक शुक्रबारबाट शुरू भएकाले यसलाई चोर पञ्चक पनि भनिन्छ । ज्योतिषहरु भन्छन्- पञ्चक अशुभ समय हो, यो बेला कुनै पनि शुभ काममा हात हाल्नुहुँदैन् । विशेषगरी यात्रा, लेन-देन, व्यापार र ठूलो सम्झौता गर्नुहुँदैन् । यदि नजानेरै पनि यी काम गरिए ठूलो आर्थिक घाटा व्यर्होनुपर्ने ज्योतिषहरुको आंकलन छ ।
१) पञ्चकको समयमा खाट(वेड) बनाउँदा घर-परिवारमाथि ठूलो दुःख आइलाग्छ ।
२) पञ्चकको समयमा घनिष्ठा नक्षत्र/ग्रह चलिरहेको छ भने त्यो बेला घाँस, महिला र आगोमा जल्ने कुनै पनि बस्तु एकत्रित गरेर राख्नुहुँदैन् यसले घरमा आगो लाग्ने जोखिम हुन्छ ।
३) दक्षिण दिशातिर यमराजको अधिकार हुन्छ । जब पञ्चक चलिरहेको हुन्छ तब दक्षिण दिशामा यात्रा गर्नहुँदैन् । दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ ।
४) पञ्चक र रेवती नक्षत्र एक साथ चलिरहेको बेला घरको छत बनाउनुहुँदैन् । अन्यथा घरमा धनको अभाव भइरहन्छ र पारिवारका सदस्यहरुबीच मनमुटाव भइरहन्छ । र मनमुटाव कहिल्यै रोकिँदैन् ।
५) गरुड पुराणमा भनिएको छ- जब कुनै व्यक्तिको पञ्चक समयमा मृत्यु हुन्छ भने उसको शवसँगै पिठो वा कुशका पाँच पुत्ला बनाएर शवको जस्तैगरी पूर्ण विधि-विधानबाट अन्तिम संस्कार गर्नुपर्छ । जसले गर्दा पञ्चक दोष समाप्त हुन्छ । अन्यथा घरमा पाँच जनाको मृत्यु हुने जोखिम रहन्छ । (एजेन्सीको सहयोगमा)
