नागरिकताको माग नाजायज : मातृका

नेकपा माओवादीका संयोजक मातृका यादवले मधेसवादी दलले उठाएको नागरिकतासम्बन्धी माग जायज नभएको बताएका छन्। 'अंगीकृत नागरिकता भएका व्यक्ति प्रमुख पदमा पुग्न पाउनुपर्ने माग जायज छैन,' यादवले भने, 'अंगीकृत नागरिकता भएका व्यक्ति कसरी प्रमुख पदमा जान्छ? यो जायज माग होइन।'



सर्लाहीमा शुक्रबार सञ्चरकर्मीसँग कुराकानी उनले मधेसको अधिकारका लागि भएको आन्दोलनमा नेकपा माओवादीले समर्थन जनाएको बताए। 'अधिकारका लागि जारी आन्दोलनमा समर्थन छ,' यादवले भने, 'तर मधेसी मोर्चाको मागमा हामी सहमत छैनौं।' मोर्चाले उठाएको नागरिकताको सवालमा सहमत नरहेको उनले प्रष्ट पारे।

मधेसमा जारी आन्दोलन सरकारको सम्बोधनपछि मात्र अन्त्य हुने उनले बताए। 'मधेसमा राजनीतिक नेतृत्वबिना आन्दोलन भइरहेको छ,' उनले भने, 'मधेसीले अधिकारका लागि स्वस्फुर्त रूपमा गरेको आन्दोलन टुट्दैन।'

'आन्दोलन कहिलेसम्म चल्ने त?' भन्ने सञ्चारकर्मीको जिज्ञासामा यादवले भने, 'दल विशेषको आन्दोलन नभएर संविधानमा हस्ताक्षर गर्ने दलका जनतासमेत गरी सम्पूर्ण मधेसको आन्दोलन भएका कारण माग पूरा नभएसम्म चल्छ।'

,

news and entertainment