नाकाबन्दीको विषयमा सरकारले भारतीय राजदुतसँग स्पष्टीकरण लिने

काठमाडौं । सरकारले सीमा क्षेत्रमा भएका अवरोध (अघोषित)बारे नेपालको लागि भारतीय राजदुत रन्जित रेसँग प्रष्टीकरण लिने भएको छ ।

आजको नागरिक दैनिकमा खबर छ कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सीमा क्षेत्रमा आन्दोलनकारीका तर्फबाट अवरोध नआए पनि भारतबाटै सवारीसाधन नआएको भन्दै सररकाले भारतीय राजदुत रन्जित रेसँग जानकारी लिने निर्णय गरेको हो ।

तीन दलीय सममतिमा सरकारले शुक्रबारै राजदुत रेलाई परराष्ट्र मन्त्रालयमा बोलाएर त्यसबारेमा सोध्ने तयारी गरेको छ ।
कार्यवाहक परराष्ट्रमन्त्री र निमित्त परराष्ट्र सचिवले राजदुतसँग सवारी आवागमनमा आएको कमीबारे जानकारी लिनेछन् ।
‘आनदोलनकारीले सीमा क्षेत्रमा चक्काजाम गर्ने , अनि भारतबाटै गाडी कम आउँदा उताबाट छिर्न नदिएको जस्तो देखियो, त्यसले भारतले नाकाबन्दी गरेजस्तो भयो’बैठकमा सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘त्यस विषयमा के हो त भनेर शुक्रबार भारतीय राजदुतलाई बोलाएर जानकारी लिने कुरा भएको छ ।’
साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाएन सरकार र तीन दलका बेग्लाबेग्लै दूत दिल्ली जाँदैछन् ।

,

news and entertainment