संविधान जारी हुने दिन विहानै राजधानीका तीन स्थानमा बम फेला
काठमाडौं, असोज ३ । संविधान जारी हुने दिन आइतबार बिहानै ललितपुरको महालक्ष्मीस्थान र पुल्चोक तथा काठमाडौंको रवीभवनमा बम भेटिएको छ । महालक्ष्मीस्थानबाट सातदोबाटो जाने बाटोमा र पुल्चोकको सुजुकी सोरुम अघि बम भेटिएको प्रहरीले जनाएको हो । नेपाली सेनाको बम डिस्पोजल टोलीले तीनै स्थानको बम निष्क्रिय पारेको छ । महालक्ष्मीस्थानमा चिया पकाउने किल्टीभित्र तथा पुल्चोकमा बाकस भित्र बम फेला परेको प्रहरीले जनाएको हो । बम भेटिएको स्थानबाट प्रहरीले नेकपा माओवादी लेखिएको पर्चा र झन्डा पनि बरामद गरेको छ । दुवै स्थानमा राखिएका बम पेट्रोलिङ बम भएको प्रहरीको अनुमान छ । बम फेला परेपछि
