चोकचोकमा कालो झण्डा : संबिधानको बिरोधमा सुरु भयो खटपठ
संबिधान जारी हुने समय अब केही घण्टा बाकी रहदा संबिधानसभा बाहिर रहेका लिम्बुवान संयुक्त संघर्ष समिति लगायत ३३ दलीय मोर्चा र अन्य राजनीतिक पार्टीहरुले पूर्वका बिभिन्न जिल्लाहरुमा कालो झण्डा प्रदर्शन गर्दै आम हडताल सुरु गरेका छन । संबिधान निर्माण प्रक्रियाबाट अलग्गिएका पार्टीहरुले अशोज ३ गतेलाई कालो दिनका रुपमा मनाउने पुर्व घोषित स्वरुप आइतबार पूर्वको केन्द्र इटहरीमा कालो झण्डा प्रदर्शन गर्दै अनिश्चितकालिन आमहडताल सुरु गरेका हुन ।
इटहरीको मुख्य चौकहरुमा संबिधानसभा बिपक्षीदलहरुले बिहानै देखी कालोझण्डा बोकेर प्रर्दशनमा उत्रिएका छन भने यातायातका साधनहरु ठप्प बनाउनुका साथै , उद्योग कलकारखाना , ब्यापार ब्यवसाय समेत ठप्प बनाएका छन ।
अरुण पूर्वको नौ जिल्लालाई स्वायत्त लिम्बुवान राज्य घोषणा गरीनुपर्ने माग राख्दै अशोज ३
limbuwaan 1गतेलाई संघिय लिम्बुवान पार्टी सहित लिम्बुवान संघर्ष समितिले आइतबार देखी अरुण पूर्वको नौ जिल्लामा अनिश्चितकालिन आमहडतालको घोषणा गरीसकेको छ । भने संबिधानबाहिर रहेका दलहरुले सरकार संग भएका पछिल्लो १६ बुदे सहमती कार्यानवयन गरीनुपर्ने , हालै जारी हुन लागेको संबिधान खारेज गरी राष्ट्रिय सहमतीबाट संबिधान जारी गरीनुपर्ने जस्ता मागहरु राख्दै देश ब्यापी आमहडतालको घोषणा गरेका हुन ।आन्दोलनमा रहेका दलहरुले पूर्वको केन्द्र इटहरी स्थित मुख्य चौकहरुमा कालो झण्डा टागेका छन भने कालो ब्यानरमा प्रतिगमनको कालो दिन अशोज ३ लेखि इटहरीकै मुख्य चौकमा टागि बिरोध प्रदर्शन गरेका छन ।
limbu 4लिम्बुवान सहित बिभिन्न राजनीतिक पार्टीहरुले आइतबारदेखी सुरु गरेको आमहडतालका कारण नजिकिएको चाडबाड समेत प्रभावित भएका छन । बन्दले यातायात ब्यवसाय , मज्दुर , कृषक , बिद्यार्थी , ब्यवसायी , ब्यापारी लवगायत अभिभावकहरु समेत मार्कामा पर्दै आएका छन । संबिधान बिरोधी आन्दोलनमा यो पटक मधेशी मोर्चा , बहिरगमित माओवादी पूर्व लडाकुहरु , चन्द माओवादी पक्ष सहित नेकपा माओवादीको ३३ दलीय मोर्चा समेत सहभागी बनेको छ ।
