‘माग पुरा नभएसम्म आन्दोलन रोकिन्न’
क्रान्ति शाह |
२०७२ आस्विन ४ सोमबार
फोटो :नयाँ संविधानको प्रतिलिपी जलाउँदै सदभावना अध्यक्ष राजेन्द्र महतो । तस्बिर : क्रान्ति शाहा
कठोररुपमा अगाडि बढ्छ
वीरगन्ज : सदभावना पार्टीका राष्ट्रिष्य अध्यक्ष राजेन्द्र महतोले मधेसी र थारुको माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।
वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका घाइते आन्दोलनकारीसँग सोमबार भेटघाट गरेका अध्यक्ष महतोले भने, ‘माग पुरा नभएसम्म आन्दोलन रोकिन्न, अब त झन कठोररुपमा अगाडि बढ्छ ।’
मधेसको आन्दोलन वारपारको लडाइँ भन्दै उनले तीन दलले ल्याएको मधेसविरोधी संविधान मधेसी र थारुले कुनै पनि हालतमा नस्वीकार्ने बताए ।
शान्तिपूर्ण आन्दोलनमा सहभागी निहत्था मधेसी र थारुको टाउको र छातीमा प्रहरीले ताकी ताकी गोली हानेको भन्दै उनले प्रश्न गरे, ‘के यही मानवता र लोकतन्त्र हो ?’
अध्यक्ष महतोले मधेसमा राज्यले आतंक नै मच्चाएको आरोप लगाए । अध्यक्ष महतोले अस्पताल परिसर बाहिर नयाँ संविधानको प्रतीलिपी पनि जलाएका थिए ।
www.annapurnapost
