बन्दको दिन बसमा अचानक आगलागी

काठमाडौँ, ३ असोज, पुरानो बसपार्कमा आज दिउँसो करिब १२ बजे एक बसमा अचानक आगलागी भएको छ । विप्लब माओवादीले बन्द आह्वान गरेको दिन पुरानो बसपार्कमा रोकि राखेको बा ३ ख २९०९ नम्बरको बसमा अचानक आगो लागेको हो । पुरानो बसपार्कबाट फर्पिङ, दक्षिणकाली

चल्ने बसमा आगो लगाइएको हो वा आफै लागेको हो प्रस्ट नभएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बसबाट दुई युवा ओर्लिएपछि आगो बल्न थालेको थियो ।

 अन्य गाडीका नजिकै भएका स्टाफहरुले बताए अनुसार पहिले ढ्वाङ्ग गरेर आवाज आयो त्यसपछि ह्वारह्वार्ती आगो बल्न सुरु भयो । उनीहरुले दुई युवाले पेट्रोल बम हानेर भागेको बताएका छन् । केही ढिला गरी आएको दमकलले आगो नियन्त्रणमा लिए पनि बस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
aajakokhabar

,

news and entertainment